site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक दलका घोषणापत्रमा पत्रकार महासंघको चासो
फाइल तस्बिर ।

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारिताका मुद्दाहरू दलका घोषणापत्रमा समावेश गर्न राजनीतिक दलका शीर्ष नेतृत्व र घोषणापत्र तयार गर्ने समिति वा कार्यदलसँग भेटेर छलफल गर्ने भएको छ ।

महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा दलका घोषणापत्रहरूमा आमसञ्चारको क्षेत्रलाई कसरी सम्बोधन गरिएको छ भन्ने कुरालाई नेपाल पत्रकार महासंघले गम्भीर चासोका साथ हेरिरहेको उल्लेख गरिएको छ । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र तयार पारिरहेका छन् । 

“संविधानसभाबाट जारी नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, नेपाली सञ्चार क्षेत्रले उपभोग गर्दै आएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र यसका विश्वाव्यापी मूल्य, मान्यता अनुरूप दलहरूले घोषणपत्रमार्फत आफ्ना प्रतिबद्धताहरू सम्बाेधन गरुन् भन्ने आग्रह र अपेक्षा महासंघले राखेको छ,” विज्ञप्तिमा भनिएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro