site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एउटै सिजनमा व्यक्तिमा डेंगी दोहोरिन सक्छ ? डा. शेरबहादुर पुनलाई चार प्रश्न

पछिल्लो समय डेंगी संक्रमण बढेसँगै संक्रमितहरूमा जटिलता पनि थपिँदै गएका छन् । डेंगीबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म २७ पुगेको छ भने २१ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणको अवस्थालाई हेर्दा आगामी कात्तिक अन्तिमसम्म संक्रमण देखिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ । यसवर्षको डेंगी संक्रमण अन्य वर्षहरूको भन्दा कडा रूपमा देखिएको र संक्रमितमा पनि जटिलता धेरै देखिएको चिकित्सकहरू बताउँछन् ।

यसवर्ष डेंगीको कुन सेरोटाइपले संक्रमण गराइरहेको छ भन्नेबारे सरकारले हालसम्म कुनै परीक्षण रिपोर्ट सार्वजनिक गरेको छैन । यो अवस्थामा डेंगीबारे उठेका केही जिज्ञासालाई हामीले वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसमक्ष राखेका छौँ । प्रस्तुत छ, डा. पुनसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

१. व्यक्तिलाई एउटै सिजनमा डेंगी दोहोरिनसक्छ ? 
एउटै सिजनमा एउटै व्यक्तिलाई डेंगी दोहोरिने हुँदैन । किनकि सामान्यता एकपटक डेंगी संक्रमण भएको दुईदेखि तीन महिनासम्म संक्रमण हुँदैन । अघिल्ला वर्षहरूमा संक्रमित भएका व्यक्तिहरू भने फेरि संक्रमित  भएर आएका केस भने धेरै छन् । 

२. डेंगीसँगै अन्य संक्रमण पनि सँगै भए कति जटिलता हुन्छ ? 
कुनैपनि संक्रमण हुँदा व्यक्तिको रोग प्रतिरोधी क्षमता कमजोर हुँदा उनीहरूलाई अन्य संक्रमण हुनसक्ने सम्भावना रहन्छ । यसलाई 'कोइन्फेक्सन' भन्छि । अहिले आइरहेका बिरामीमा पनि 'कोइन्फेक्सन' फाट्टफुट्ट देखिएको छ । तर डेंगीसँगै कोभिड १९ जस्तो संक्रमण सँगसँगै देखिए पनि दुवै कडा रूपमा देखिएका छैनन् । 

३. डेंगीका कस्ता संक्रमितलाई बढी जटिलता देखिएको छ ? 
यसवर्ष डेंगी संक्रमित हुनेमा युवा बढी छन् । लक्षणका आधारमा अघिल्ला वर्षहरूभन्दा कडा लक्षण लिएर आउने बढी छन् । कतिपय बिरामी अस्पतालमा परीक्षणकै क्रममा बेहोस हुने गर्छन् । कोही ढिलो परीक्षणमा आइपुगेर पनि जटिलता बढेको देखिन्छ । त्यसैले यसपटक ठ्याक्कै यस्ता बिरामीमा जटिलता भन्नसक्ने अवस्था छैन । के थाहा यसपटकको डेंगीको सेरोटाइप आफैँमा कडा पो छ कि ! 
 
४. अधिकांश लक्षण डेंगीकै देखिए पनि परीक्षण रिपोर्ट नेगेटिभ किन आउँछ ? 
डेंगीसँग मिल्दाजुल्दा लक्षण देखिएपनि परीक्षण रिपोर्ट पोजिटिभ नआएका केस यसपालि मात्रै होइन अगाडिका वर्षहरूमा पनि देखिएको थियो । डेंगी संक्रमण पुष्टि गर्न सीबीसी (कम्प्लिट ब्लड काउन्ट) अनिवार्य गरिएको छ । सीबीसी रिपोर्ट सामान्य भएपनि डेंगीका लक्षण (डेंगी लाइक इलनेस) देखिएका बिरामी यसवर्ष पनि धेरै छन् ।  यिनै लक्षण कुन संक्रमणको हो भनेर नेपालमा अहिलेसम्म पहिचान हुन सकेको छैन । तर आराम र पोषणयुक्त खाना नै जुनसुकै संक्रमणबाट रिकभर हुने प्रमुख उपाय हो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro