site stats
बाह्रखरी :: Baahrakhari
खेल
ऐतिहासिक उपलब्धिबाट पुनः चुक्यो नेपाल

काठमाडौं । नेपालका मुख्य प्रशिक्षक कुमार थापाले फाइनलअघि ‘उहाँहरूले हामीलाई इनर्जी दिनुहुन्छ, हामी ट्रफी दिन्छौँ’ भनेर दर्शकलाई रंगशालामा आउन आह्वान गरेका थिए । 

नेपाली चेलीहरूको आह्वानमा समर्थक रंगशालामा ओहिरिएका थिए । रंगशालामा उपस्थित झन्डै १६ हजार दर्शकलाई स्तब्ध बनाउँदै बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाघि उचालेको छ । मिडफिल्ड र रक्षापंक्तिको राम्रो तालमेल नमिल्दा पहिलो हाफमै दुई गोल खाएपछि नेपाल सोमबार ऐतिहासिक उपलब्धिबाट चुकेको छ । घरेलु मैदानमा पहिलोपटक साफको उपाधि उचाल्ने नेपालको सपनालाई बंगलादेशले चकनाचुर बनाइदिएको छ । 

Bangaladesh vs  (1)1663596725.jpg

Argakhachi Cement Island Ad

श्रीमोतिकृष्णरानी सरकारको दुई तथा वैकल्पिक खेलाडी सामसुनाहर एक गोलमा बंगलादेशले नेपाललाई ३–१ ले पराजित गर्दै पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो । दोस्रोपटक फाइनल खेलेको बंगलादेशले उपाधि जितेको यो पहिलोपटक हो । बंगलादेशले २०१६ मा पनि फाइनल खेलेको थियो । 

Nepal vs Bangaladesh football (5)1663590588.jpg

यससँगै बंगलादेश प्रतियोगिताको नयाँ विजेता बन्न सफल भएको छ । यसअघि सम्पन्न पाँच संस्करणकै उपाधि भारतले जितेको थियो । तर, यसपटक भारत सेमिफाइनलमा नेपालसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल भने पुन: एकपटक उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ । 

Bangaladesh vs  (2)1663596725.jpg

नेपाल यसअघि २०१०, २०१२, २०१४ र २०१९ मा पनि उपविजेता बनेको थियो । यसअघि सबै फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । यसपटक नेपाललाई उपाधि यात्रालाई बंगलादेशले पूर्णविराम लगाइदिएको छ । साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको यो पहिलोपटक हो । 

Nepal vs Bangaladesh football (5)1663590588.jpg

२०१० र २०१९ मा नेपाल बंगलादेशसँग समान ३–० को नतिजामा विजयी भएको थियो । २०१४ मा भने नेपाल १–० ले विजयी भएको थियो । तर, विगतको नतिजालाई नेपालले घरेलु मैदानमा भने दोहर्याउन सकेन। 

Nepal vs Bangaladesh (7)1663594182.jpg

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा बंगलादेशले १५ औँ मिनेटमा वैकल्पिक खेलाडी सामसुनाहरको गोलबाट अग्रता लिएको थियो । दसौँ मिनेटमा जहन शोपनाको स्थानमा मैदान प्रवेश गरेकी सामसुनाहरले मोनिका चक्माको क्रसलाई पोस्टको दिशा दिएकी थिइन् । 

वर्षाका कारण हिलाम्मे बनेको रंगशालामा पहिलो हाफ सकिन तीन मिनेट बाँकी हुँदा श्रीमोतिकृष्णरानी सरकारले बंगलादेशको अग्रता दोब्बर बनाइन् । सरकारले कप्तान सविना खातुनको पासमा गोल गरेकी थिइन् । 

७० औँ मिनेटमा अनिता बस्नेतले गरेको गोलबाट नेपालले पुनरागमनको प्रयास गरेको थियो । तर, ७७ औँ मिनेटमा श्रीमोतिकृष्णरानी सरकारले अर्को गोल थपेपछि बंगलादेशको जित पक्का भएको थियो । 

Nepal vs Bangaladesh (6)1663594181.jpg

बंगलादेशकी सरकारले पहिलो मिनेटमै गरेको प्रहारलाई नेपालकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बचाइएकी थिइन् । त्यस्तै ३६ औँ मिनेटमा नेपालकी अनिता बस्नेतको फ्रीकिक बंगलादेशकी गोलकिपर रूपना चक्माले पन्च गरेर बचाइदिएकी थिइन् । लत्तगै प्राप्त कर्नरमा पनि नेपाल अभागी रह्यो । बंगलादेशका रक्षकले गोललाइनबाट बल क्लियर गरिदिएका थिए । 

दोस्रो हाफको सुरुमै नेपालका प्रशिक्षक कुमार थापाले अनिता केसीको स्थानमा मुख्य स्ट्राइकर सावित्रा भण्डारीलाई मैदान छिराएका थिए । तर, डेंगीबाट थलिएर तङ्ग्रिएकी सावित्राले पनि बंगलादेशको बलियो रक्षापंक्ति तोड्न सकिनन् । 

Nepal vs Bangaladesh (8)1663594175.jpg

५२ औँ मिनेटमा अनिता बस्नेतको क्रममा पेनाल्टी बक्समा अनमार्क रहेकी रश्मीकुमारी घिसिङले गरेको हेडिङ प्रहार थोरैले बाहिरिएको थियो । त्यस्तै ४८ औँ मिनेटमा अनिताकै कर्नरमा दीपा शाहीले गरेको हेड प्रहार बंगलादेशकी गोलकिपरे मुश्किलले बचाएकी थिइन् । 

तस्बिरहरू : सुनिल प्रधान र अभिषेक महर्जन/बाह्रखरी

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्