site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कात्तिकबाट वाग्मतीमा सफा पानी ! धाप परियोजनाको ९८ प्रतिशत काम सकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट वाग्मती नदीमा सफा पानी बग्ने भएको छ । काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको छ । 

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने वाग्मती धाप परियोजनामा जम्मा गरिएको पानी असोज २९ गतेपछि वाग्मती नदीमा पठाउने तयारी भइरहेको छ । समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ । यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । 

उपत्यकाको उत्तरपश्चिम चुचुरो मुलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम सुरु गरिएको थियो । यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षा याममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले वागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ । ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले वाग्मतीको शीरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दैनिक घट्दै गइरहेको अवस्थलाई मध्यनजर गरेर धाप निर्माण गरेको बताए । उनले वागमतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउन विभिन्न स्थानमा धापहरूको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताए । 

उनले हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको बताए । धापबाट वाग्मतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनका लागि ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको बताए । एशियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान सुरु भएको बताए । उनले मुख्य ड्याम र सहायक ड्यामहरू पनि निर्माण भइ पानी जम्मा गर्न सुरु गरिएको बताए । सुरुमा ८ लाख ५० हजार घनमिटर पानी जम्मा गर्न सकिने भनिए पनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको बताए ।  

Global Ime bank

धाप क्षेत्र पर्यटन प्रवद्र्धनको लागि पनि मुख्य स्थल बन्ने अध्ययनले देखाएको उनले बताए ।  जसकरण पनि पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ । भ्याट बाहेक ४५ करोड रुपैयाँ र भ्याटसहित जोड्दा ५१ करोड रुपैयाँ बढी रकममा धाप निर्माण सुरु गरिएको बताए । उनले अक्टोबर १५ पछि वाग्मतीमा धापको पानी प्रवाह गर्ने योजना रहेको उल्लेख गरे । 

८ महिना ४० लिटर बगाउनसक्ने अनुमान गरेर धाप निर्माण गरे पनि नागमति धाप निर्माण नहुँदासम्म योजना अनुसारको पानी प्रवाह गर्न नसकिने बताए । उनले वाग्मती ड्याम नबनुन्जेलसम्म ४० लिटर मात्रै पठाउनसक्ने र सीमित पानीले अनुभव गर्नसक्ने गरेर वाग्मती पानी प्रवाह नहुने बताए । 

धापबाट पठाएको पानी पशुपति आर्यघाटमा आम सर्वसाधारणहरूले पनि गर्ने गरेर पठाउनुपर्ने उनको भनाइ छ । पशुपति क्षेत्र विकास कोषसँग पनि समन्वय गरेर पशुपतिनाथ मन्दिर परिसरमा वर्षको २७ दिन, विशेष पर्वहरुमा ४ सय लिटर नै पानी पठाउने बारेमा सहमति भएको बताए । 

प्रमुख इन्जिनियर निश्चल छतकुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको बताए । धाप ड्याममा जम्मा भएको पानी नागमतिको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा वाग्मती मिसिन्छ । यो पानीबाट विद्युत् निकाल्ने उद्देश्य रहेको छ भने वाग्मती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ । प्रस्तावित नागमति बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । 

यो बाँधबाट चार मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनर्भरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्नेछ । सुन्दरीजलबाट नागमति ड्याम पुग्न पाँच किलोमिटर मात्र छ । यी दुई बाँधको आकर्षणले गोकर्णेश्वर नगपालिकाको पर्यटन व्यवसाय फस्टाउने सहजै अनुमान गर्न सकिन्छ ।   


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement