site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनावको संघारमा सुदूरपश्चिम सरकारले थप्यो दुई राज्यमन्त्री
Tiktok banner adTiktok banner ad

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दुईजना राज्यमन्त्री थपेको छ । शुक्रबार दुईजना प्रदेश सांसदले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् । 

मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार दुई प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए ।

दुवै एकीकृत समाजवादीका सांसद् हुन् । बुढाथोकी कैलाली ५ (क) र सोडारी अछाम २ (ख) बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।

संघ र प्रदेश निर्वाचन घोषणा भएर चुनावी अभियानमा होमिएका छन् । सुदूरपश्चिम सरकारले भने चुनाव आउन दुई महिना मात्र बाँकी रहेका बेला मन्त्री थपेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro