site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनुषामा अज्ञात समूह र प्रहरीबीच गोली हानाहान, एकजना पक्राउ
सांकेतिक तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । धनुषामा एक अज्ञात समूह र प्रहरीबीच गोली हनाहान भएको छ । सोमबार मध्य राति गणेशमान चारनाथ नगरपालिका ४ पोर्ताहास्थित बन्दुधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको हो ।

चारनाथ खोलामा प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको धनुषाका प्रहरी उपरीक्षक बस्नत रजौरेले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा समूहबाट फायर गरेपछि जवाफी कारबाहीमा प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी समूहका गणेशमान चारनाथ नगरपालिका ५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी पक्राउ परेका छन् ।

उनको खुट्टामा गोली लागी घाइते हुँदा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । उनको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनको साथबाट प्रहरीले एक थान भरुवा बन्दुकसमेत बरामद गरेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement