site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सन्दीप नेपाल आउन किन गर्दैछन् ढिलाइ ? प्रहरी भन्छ– विमानस्थलबाटै पक्राउ गर्छौँ
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किएका छैनन् ।

कतिपयले उनी भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको बताए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन ।

उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

लामिछानेले यही भदौ ५ गते नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर एकजना नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरी उनको खोजीमा छ ।

बलात्कृत युवतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले खोजी गरेको हो । त्यसपछि लामिछानेविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

Global Ime bank

निलम्बनमा परेपछि लामिछानेलाई ‘क्यारेबियन प्रिमियर लिग’बाट समेत हटाइएको थियो । त्यसपछि उनी जमैकाबाट नेपाल जान्छु भनेर निस्किएको स्रोत बताउँछ ।

तर उनी त्यहाँबाट नेपालका लागि हिँडे नहिँडेको बारेमा केही जानकारी नभएको बताइएको छ । कतिपयले सन्दीपले विदेशबाटै कानुनविदहरुसँग परामर्श गरिरहेको दाबी गर्दै आएका छन् ।

तर उनी हवाइ मार्गबाट नेपाल आइपुगेको सूचना प्रहरीमा छैन । उनलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले सन्दीप विमानस्थलमा आइपुग्नेबित्तिकै पक्राउ पर्ने बताए ।

ज्ञवालीका अनुसार सन्दीप कहिले आउने भन्नेबारे सूचना आइसकेको छैन । सन्दीपले भने आफु निर्दोष रहेकाले कानुनी लडाई लड्ने बताएका थिए ।

जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । सन्दीपकै साथीले उनीहरू दुईजनाबीच चिनजान गराइदिएकी थिइन् ।

काठमाडौंको ‘होटल काठमाडौं इन’मा राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ । 

प्रहरीका अनुसार सो होटलको सीसीटीभी फुटेजमा पनि सन्दीप र पीडित किशोरी सँगै देखिएका छन् ।

होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।

तर, नगरकोटमा बसेको होटलको सीसीटीभी फुटेज भने फेला पर्न सकेको छैन । प्राविधिक समस्याका कारण फुटेज ‘स्टोर’ नरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरीले काठमाडौं र नगरकोट दुवै होटलका कर्मचारीसँग सोधपुछ गरिरहेको छ । सन्दीपविरुद्धका प्रमाण संकलन गर्न प्रहरी सक्रिय रहेको परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले बाह्रखरीलाई बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय