site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीमा ठूला पार्टीलाई चुनौती बन्दै नागरिक उन्मुक्ति
Tiktok banner adTiktok banner ad

धनगढी । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूले गृहकार्य सुरु गरिसकेका छन् । राजनीतिक दलका स्थानीय समितिहरूले उमेदवार सिफारिसको कार्यलाई तीव्रता दिएका छन् ।

कैलालीमा सत्ता गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र विपक्षी नेकपा (एमाले)ले धमाधम उमेदवारको टुंगो लगाउँदै छन् । थारु समुदायका मुद्दा उठान गरी उदाएको नागरिक उन्मुक्ति पार्टी समेत ठूला दललाई चुनौती दिन तयार बनेको छ ।

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्तिले कैलालीका चार स्थानीय तह जित्यो । त्यसानुसार सो पार्टी आसन्न निर्वाचनमा ठूला दललाई ठूलै चुनौती बन्ने देखिन्छ ।

निलम्बित सांसद रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गराएका हुन् । वि.सं. २०७२ सालमा टीकापुरमा आठ सुरक्षाकर्मी र एक बालकको हत्या घटनामा दोषी ठहर उनी जेल जीवन बिताइरहेका छन् । रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति अहिले संगठन निर्माणमा लागिपरेको छ । ०७८ फागुनमा निर्वाचन आयोगमा दर्ता भएको हो । स्थानीय निर्वाचनमा ठूला राजनीतिक दललाई माथ दिँदै कैलालीमा बलियो राजनीतिक शक्तिका रूपमा उदाएको छ ।

कैलालीका १३ मध्ये नागरिक उन्मुक्ति चार स्थानीय तहमा विजयी भयो । सो पार्टीले भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै तथा टीकापुर नगरपालिकामा प्रमुख पद जितेको हो ।

कैलालीमा अहिले सो पार्टी सबैको चासोको विषय बनेको नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले स्वीकारेका छन् । विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता नागरिक उन्मुक्तिमा प्रवेश गर्ने क्रम पनि बढ्दो छ ।

“कैलालीको निर्वाचन क्षेत्र–१, २ र ३ थारु समुदायको बाहुल्य क्षेत्र हो । त्यहाँ यो पार्टी हाम्रा लागि चुनौती बन्न सक्ने देखिएको छ,” कांग्रेस सचिव मिश्रले भने, “गठबन्धनमा राम्रोसँग उमेदवार दिएमा समस्या हँुदैन ।”

गएको स्थानीय निर्वाचनको मत हेर्दा कैलालीको निर्वाचन क्षेत्र नम्बर–१, २ र ३ मा नागरिक उन्मुक्तिको मतभार बढी छ ।

कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा उमेदवारी दिने आफूहरूको तयारी रहेको नागरिक उन्मुक्तिका संगठन विभाग प्रमुख अरुण चौधरीले बताए । उनका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कैलाली–१ मा रञ्जिता श्रेष्ठ, २ मा अरुण चौधरी, ३ मा गंगा चौधरी, ५ मा कैया चौधरी र राजेन्द्र देवकोटा तथा कैलाली–५ मा लक्ष्मण चौधरीको नाम चर्चामा छ । असोज १ गतेसम्म सबै क्षेत्रका उमेदवार टुंगो लगाएर प्रचारप्रसारमा जुट्ने उनले बताए ।

“कैलालीमा स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नयाँ शक्तिका रूपमा उदाए पनि आम निर्वाचनमा खासै प्रभाव पार्दैन,” एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले भने, “यसमा ठूला राजनीतिक दलकै प्रभाव रहन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro