site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने परमादेश तत्काल कार्यान्वयन गर्न माग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्च अदालतले दिएको परमादेश तत्काल कार्यान्वयन गर्न सरोकारवालाहरुले माग गरेका छन् । 

सर्वोच्चको परमादेश कार्यान्वयनमा उद्योगी र सरकार आफैँ उदासिन देखिएको भन्दै एक्सन नेपालले तत्काल व्यवहारमा लागु गर्न माग गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यही भदौ १२ गते सर्वोच्च अदालतले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर, पेटी तथा पार्सल प्याकेजिङ्ग र लेबुलको बाहिरी कुल भागमध्ये ९० प्रतिशत भाग (७० प्रतिशत भागमा रंगिन चित्र र २० प्रतिशत भागमा चेतनामूलक) सन्देश तथा चित्र छाप्नुपर्ने फैसला गरेको थियो । 

एक्सन नेपालद्वारा दायर रिटमा निवेदकको माग बमोजिम आएको सो फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । उक्त फैसलासँगै ९० प्रतिशत चेतावनीमूलक सन्देश नभएका सुर्तीजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा तत्काल रोक लगाउन एक्सन नेपालको माग छ । 

Global Ime bank

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार यसअघि सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट, पेटी तथा पार्सल प्याकेजिङ्गमा ७५ प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने प्रावधान थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपाल लगायत विभिन्न सरोकारवालहरुको लगातारको पहलमा ७५ प्रतिशतलाई बढाएर सर्वोच्चले ९० प्रतिशत चित्रका पक्षमा परमादेश दिएको हो ।

एक्सन नेपालले सन् २०१५ मा नौ जिल्लाका दुई हजार २५० जनामा गरेको एक सर्वेक्षणमा ७५ प्रतिशत भागमा चेतावनीमूलक सन्देश र रंगिन चित्रका कारण चुरोट सेवनको मात्रामा ५५ प्रतिशत कमी आएको संस्थाका अध्यक्ष आनन्दबहादुर चन्दले बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement