site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चोलेन्द्रको बयान : डीआईजी कोइरालाको सजाय घटाएकोमा मात्रै भए अभियोग स्वीकार गर्छु

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक सम्पादनमा आफूले कुनै कमजोरी नगरेको जिकिर गरेका छन् । महाअभियोग सिफारिस समितिमा तेस्रो दिन बयान दिँदै उनले आफूले डीआईजी रञ्जन कोइरालाको मुद्दामा गरेको आदेशमाथि भने पश्चाताप व्यक्त गरेका छन् । 

समिति सदस्य मीन विश्वकर्माले जबराले समितिको अगाडि डीआईजी कोइरालाको मुद्दामाथिको फैसलाबारे भने अलि पश्चताप रहेको जस्तो देखाएको जानकारी दिए । उनका अनुसार सोही विषयमा मात्र महाअभियोग पास हुने भए भोग्न तयार रहेको जबराले बताएका छन् । 

कोइरालाको सजाय घटाउने विषयमा समितिमा जबराले “न्यायाधीशसँग सजाय निर्धारण गर्ने अधिकार हुन्छ र मैले कोइरालाको पारिवारिक अवस्था र परिवारले अदालतमा उपस्थित भएर दिएको बयानको आधारमा न्यायिक मनबाट त्यस्तो फैसला गरेको हुँ,” भनेका थिए ।

जबरासँग संसदीय समितिले आज एक घण्टा मात्र बयान लिएको छ । बयानको तेस्रो दिन आज उनलाई पाँच वटा प्रश्न सोधिएको महाअभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले जानाकारी दिएका छन् ।  

बयानको तेस्रो दिनसम्म आइपुग्दा उनलाई जम्मा ११ वटा प्रश्न सोधिएको छ । बुधबारदेखि सुरु भएको सुनुवाइमा पहिलो दिन चार वटा प्रश्न सोधिएको थियो भने बिहीबार दोस्रो दिन दुई प्रश्न सोधिएको थियो । 

तेस्रो दिनको सुनुवाइमा न्यायपालिकामा न्यायिक सम्पादनमा देखिएको विचलन,  न्यायमा ढिलासुस्ती र पूर्वडीआईजी रञ्जन कोइरालाको कर्तव्य ज्यान मुद्दामा गरेको फैसलाको विषयमा प्रश्नहरु सोधिएको विश्वकर्माले जानकारी दिएका थिए ।  

“न्यायमा ढिलाको विषयमा मुद्दाका धेरै चाङ हुन्छ, त्यो सबैले देखेको विषय हो,” न्याय सम्पादनबारे गरिएको प्रश्नमा जबराले दिएको जवाफ उधृत गर्दै विश्वकर्माले भने, “मैले इजालसमा पेसी तोकेको कारणबाट त्यस्तो भएको होइन ।”

समितिले छानबिनका लागि बनाएको ४३ वटा प्रश्नमध्ये जबरालाई अझै ३२ प्रश्न सोध्न बाँकी रहेको छ । सुनुवाइका लागि जबरालाई २५ गते बोलाइएको छ । अब भने सुनुवाइको मोडालिटी परोवर्तन गर्दै बयान लिखितरुपमा लिइने विश्वकर्माले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro