site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफैँले महाअभियोग मागेका चोलेन्द्रले समितिमा आरोप स्वीकार गर्लान् ?

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आज तेस्रो दिन बयान हुँदै छ । गत वर्ष फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि निलम्बनमा परेका जबराको गएको बिहीबारदेखि सुनुवाइ सुरु भएको थियो ।

महाअभियोग सिफारिस समितिमा बिहीबार करिब चार घण्टा सुनुवाइ भएको थियो । शुक्रबार दुई घण्टा मात्र सुनुवाइ भएर बैठक स्थगित गरिएको थियो । समितिले आज पनि उनको बयान लिँदै छ ।

जबराले पहिलो दिनको बयानका क्रममा नै आफूले तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाल)ेका अध्यक्ष केपी ओलीसँग भेटेर आफूसहितलाई महाअभियोग लगाउन आग्रह गरेको बताएका थिए । ओलीसँग ‘आफूले हात जोडेर महाअभियोग लाइदिनुस् भन्दा ओलीले त्यसो नगरेको’ उनले बयानमा भनेका छन् ।

त्यही बयानदेखि नै समितिका सत्तारूढ दलसम्बद्ध सदस्यहरू जबराले महाअभियोग स्वीकार गरिसकेको भन्दै उनलाई पर्याप्त बोल्न दिने रणनीति अपनाइएको बताउँछन् ।

“उहाँले आफू महाअभियोगका लागि लायक भएको मात्र होइन, आफैँले महाअभियोग माग गरेको समेत बताइसक्नुभएको छ । त्यसैले उहाँले समितिमै महाअभियोगको प्रस्ताव अघि बढाउन सहज हुने वातावरण निर्माण गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ,” समितिका एक सदस्यले भने, “एमालेले महाअभियोग दर्ता भएका बखत आफूलाई चोट पुगेको जस्तो व्यवहार देखाएको थियो । तर, अहिले चोलेन्द्रलाई बोक्दा निर्वाचनमा असहज हुने विश्लेषणमा पुगेजस्तो देखिँदै छ ।”

ती सांसदका अनुसार आजदेखि उनीसित लगातार चार घण्टा बयान हुनेछ । बयानकै क्रममा समितिका सदस्यहरूबीच समझदारी पनि निर्माण हुँदै जाने र एमालेसहितको सहयोगमा महाअभियोग प्रस्ताव पारित हुने उनको भनाइ छ ।

“व्यक्तिगत कुराकानीमा पनि एमालेका साथीहरू चुनावको मुखमा चोलेन्द्रलाई पार्टीले बोक्न सक्दैन भन्दै हुनुहुन्छ,” ती सांसदले भने, “त्यसैले उहाँहरू समितिमा पनि र सदनमा पनि महाअभियोगका पक्षमै उभिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।”

तर, जबराले भने आफूसँग संसद् विघटनको मुद्दामा संवैधानिक इजलासमा बसेका सबैलाई तान्नुपर्ने माग गरेका छन् । उनले सर्वोच्च अदालतका अरू न्यायाधीश, नेपाल बार एसोसिएसनको तत्कालीन नेतृत्वदेखि सत्तारूढ राजनीतिक दलहरू समेतलाई महाअभियोगको कारकका रूपमा प्रस्तुत गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro