site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
निफ र टिम क्वेष्टबीच सम्झौता 

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) र टिम क्वेष्टसँग भेन्यू पार्टनरको लागि सम्झौता भएको छ । निफको आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृतिक प्रतिष्ठान र टिम क्वेटबीच पाँच वर्षका लागि सम्झौता भएको हो । 

सम्झौतामा निफका अध्यक्ष केपी पाठक र टिम क्वेष्टका महाप्रवन्धक प्रशंसा पाण्डेले हस्ताक्षर गरेका छन् । सम्भौता अनुसार अब निफमा छनोट भएका चलचित्र हलमा प्रदर्शन हुनेछन् । चलचित्र काठमाडौं उपत्याकाका क्यूएफएक्स हलमा प्रदर्शन हुनेछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निफका अध्यक्ष केपी पाठकले महोत्सवका दर्शकले पनि गुणस्तरीय रुपमा चलचित्र हेर्न पाउने बताए । ६ वर्षदेखि नियमितरुपमा आयोजना हुँदै आएको निफ नेपालको एक स्तरीय अन्तर्राष्ट्रिय महोत्सव भएकोले सहकार्यले यसको उचाई अझै बढ्ने टिम क्वेष्टका संचालक भाष्कर ढुंगानाले बताए । 

‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारासहित विगत ६ वर्षदेखि नियमित रुपमा आयोजना भइरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिन सकिनेछ । राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न पाइन्छ । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिष्पर्धाको लागि निःशुल्क रुपमा आवेदन दिन पाइन्छ । 

राष्ट्रिय र अन्तर्राष्ट्रियका सबै आवेदनहरु अनलाइन प्लेटफर्म www.filmfreeway.com/niff2023 मार्फत पुस १०, २०७९ डिसेम्बर २५ २०२२ सम्मलाई आवेदन दिन पाइनेछ । 

छैटौं निफ २०२३ चैत २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुनेछ । 


 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्