site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरजुलाई 'हराएपछि' कारबाहीमा परेका पुष्करनाथलाई फेरि आरजुकै लागि फकाइँदै !
Tiktok banner adTiktok banner ad

धनगढी । कांग्रेस केन्द्रीय सदस्यसहित नेताहरूको टोली कारबाहीमा परेका नेता पुष्करनाथ ओझासँग छलफल गर्न उनकै निवास पुगेको छ । कांग्रेस केन्द्रीय सदस्य, प्रदेश कोषाध्यक्ष र जिल्ला सभापतिसहितको टोली कारबाहीमा परेका नेता ओझालाई सहमतिमा ल्याउन उनकै निवासमा पुगेको हो ।

कैलाली क्षेत्र नम्बर ५ का पूर्वसांसदसमेत रहेका ओझालाई ०७४ सालको निर्वाचनमा कैलाली ५ बाट उमेदवार बनेकी आरजु राणा देउवालाई हराउन भूमिका खेलेको आरोपमा पार्टीबाट पाँच वर्षका लागि निष्कासित गरिएको थियो । अडियो र भिडियो प्रमाणमा आधारमा उनले आरजुलाई हराउन भूमिका खेलेको पुष्टि भएको आरोप कांग्रेसले लगाएको थियो ।

०७७ साउन १० गते पार्टीको केन्द्रीय अनुशासन समितिले उनलाई कारबाही गरेको थियो । उनको कारबाही अहिलेसम्म फुकुवा भएको छैन । 

तर, यसपटक फेरि आरजुले कैलाली ५ बाट उमेदवारी दिने निश्चित भएपछि ओझालाई सहमतिमा ल्याउन कांग्रेस नेताहरू ओझा निवास पुगेका हुन् । उनीहरू केन्द्रकै निर्देशमा ओझालाई सहमतिमा ल्याउने प्रयासमा लागेको कांग्रेस स्रोत बताउँछ । 

तर, ओझाले भने आफू स्वतन्त्रबाट भएपनि निर्वाचन लड्ने तयारीमा रहेको जवाफ फर्काएका छन् । ओझाले भेटमा गएका नेताहरूसँग खुलेरै कुरा गरेपनि चुनावबारे भने उनको अडान यथावत नै रहेको भेटमा सहभागी नेताहरूले बताएका छन् ।

Puskar1661965172.jpg

"चुनावमा विषयमा पार्टी सभापति शेरबहादुर देउवाबाहेक अरूसँग कुरा गर्दैन । जे कुरा वा सहमति गर्नुछ सभापतिजीसँगै गर्छु," उनको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने । 

कांग्रेस केन्द्रीय कार्यालयले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई बिहीबारसम्म आकांक्षी उमेदवारहरूको नाम संकलन गरी जिल्ला कार्यसमितिलाई सिफारिस गर्न निर्देशन दिएको छ । 

छलफलका लागि धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयरसमेत रहेका केन्द्रीय सदस्य नृपबहादुर वड, कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, प्रदेश राज्यमन्त्री टेकबहादुर रैका, प्रदेश कोषाध्यक्ष उत्तमबहादुर कठायत, पूर्व उपसभापति प्रकाशबहादुर बम, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट, जिल्ला सचिव नृपबहादुर सुनारसहितका नेताहरू ओझाको धनगढी–४ स्थित निवासमा पुगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  २२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro