site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निलम्बित प्रधानन्यायाधीश जबराकाे जवाफपछि सांसदहरूले के भने ?
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ।

काठमाडाैं । नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग नै निष्क्रिय भइसक्यो भन्नुको तुक नरहेको बताएका छन् । 

बुधवार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका निलम्बित प्रधानन्यायाधीश जबराले बयानकाका क्रममा महाअभियोग प्रस्ताव नै संविधानबमोजिम अघि नबढ्दा निष्क्रिय बनिसकेको बयान दिएकाे भन्दै सांसद पोखरेलले यसको अर्थ नरहेको बताएका हुन् ।

उनले महाअभियोग प्रस्तावमा नै प्रधानन्यायधीश जबरा बयानका लागि आएकाे उल्लेख गर्दै प्रधानन्यायाधीशले यस्तो भन्नुको तुक नरहेको बताए । "संसद् रहुन्जेलसम्म निष्क्रिय भयो भन्ने कुरा हुँदैन," उनले भने । 

उनले प्रधानन्यायाधीशको बयानमा समिति सदस्यहरूले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्नको जवाफ आएको भन्दै बयानको समय ३-४ दिनसम्म लगातार चल्ने बताए । सांसद पोखरेलले प्रधानन्यायधीश जबराबिरुद्ध तीन महिनाले पनि नपुग्ला कि भन्ने तथ्यहरू आइरहेको उल्लेख गरे । 

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रधानन्यायाधीश जबराले बयानका क्रममा आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरूसँग पनि बयान लिनुपर्ने कुरा राखेको बताए । 

उनले न्यायाधीशले ल्याएका गलत कुराहरूमा सहभागी नबन्दा आफूविरुद्ध महाअभियोग लगाइएको कुराहरू प्रधानन्यायाधीश जबराले राखेकाे बताए । 

"जवाफ आएकाको प्रमाण जुटाउने र उहाँले नाम लिएका व्यक्तिहरूसँग पनि बयान लिनुपर्ने हुन्छ । अहिले नै ठीक, बेठिक र सन्तुष्टि र असन्तुष्टिको कुरा होइन," उनले भने, "अदालतकै श्रीमान्हरूको नाम लिनुभएको छ । मैले ९९
प्रतिशत न्यायपालिकाका न्याायधीश तपाईंको विरुद्धमा गए यसको कारण के थियो भन्ने प्रश्न गरेँ ।"

बैठकपछि बोल्दै नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले संसदलाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त नबुझेर महाअभियोग लगाएको र महाअभियोग प्रस्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त नबुझ्दा प्रधानन्यायाधीश जबराले प्रस्तावकमाथि प्रश्न गर्नु सामान्य भएको बताए । 

उनले सुरुको दिन भएर लामो समय लागेको र आगामी दिनमा प्रक्रिया चाँडो अघि बढ्ने बताए । उनले प्रधानन्यायाधीशले गोलमटोल जवाफ दिएको बताए । 

बैठकपछि बोल्दै नेकपा (एमाले)का सांसद विष्णु पौडेलले छलफल यो प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड गरिएको र वेबसाइटमा राखिने जानकारी दिए । 

उनले नेकपा (एमाले) सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा रहेपनि समिति सभापति र अन्य सांसदहरूले नमानेपछि प्रक्रियाभरका छलफलका भिडियो सामग्री वेबसाइटमा राख्न सहमति जुटेको बताए । 

बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोग जस्तो विषय गम्भीर रूपमा छलफल हुनुपर्ने धाराणा राखिन् । उनले आजको बैठकले बयानको समय लम्बिने निश्चित भएको बताइन् । 

सांसद शर्माले अबको दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा समितिमा छलफल गरेर निर्णय गर्ने बताइन् ।

उनले बयानका क्रममा प्रधानन्यायाधीश जबराले नेपाल बार, पूर्वप्रधानन्यायाधीश र न्यायधीशहरूमाथि प्रश्न उठाएकाे पनि बताइन् । "उहाँले राजनीतिक दल मात्रै होइन, नेपाल बार एसाेसिएसन, पूर्वप्रधानन्यायाधीश सबैप्रति प्रश्न उठाउनुभएको छ । उहाँले सबै एकातिर हुँदा म एक्लो बृहस्पति भएँ भन्ने कुरा गर्नुभयाे," सांसद शर्माले भनिन् । 

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग सुनुवाइ गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बिहीबार ११ बजे बस्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro