site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कञ्चनुर १ मा विना कि विष्ट ? एसका लामाको पनि छ दाबी !
Sarbottam CementSarbottam Cement

धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र–१ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी विना मगरलाई गठबन्धन सहज नहुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा विना निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी पुनः सोही क्षेत्रमा निर्वाचन लड्ने तयारीमा छिन् । प्रतिनिधि सभामा ३ तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसबाट २०७० मा भएको संविधान सभा सदस्यमा निर्वाचित भएका देवानसिंह विष्ट पनि क्षेत्र नम्बर १ मा प्रभावशाली नेता हुन् । 
 
कांग्रेसका देवान विष्ट २०७४मा नेकपा गठबन्धन भएका बेला विनासँग पराजित भएका थिए । सोही निर्वाचन क्षेत्रका सुदूरपश्चिम प्रदेशका अर्थमन्त्रीसमेत भइसकेका प्रभावशाली नेता तारा लामा पनि एकीकृत समाजबादीबाट निर्वाचन लड्ने बताउँदै आएका छन् । उक्त निर्वाचन क्षेत्रमा गठबन्धनबाट उमेदवार टुंगो लगाउन समस्या पर्ने देखिन्छ । २०७९को स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा सत्तागठबन्धनबीच गठबन्धन भएको थिएन । 

यसअघि मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी विना मगर, कांग्रेसका नेता देवान सिंह विष्ट र एकीकृत समाजबादीका नेता तारा लामाबीच टिकटका लागि रस्साकस्सी  हुने देखिएको छ । प्रचण्ड विनालाई जसरी पनि टिकट दिलाउने पक्षमा छन् भने कांग्रेसका देवानसिंह विष्ट आफू जनताका बिचमा सधैँ रहेकोभन्दै टिकटका लागि काठमाडौं रहेका छन् । एकीकृत समाजबादीका नेता तारा लामा पनि टिकटका लागि दौडधुपमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

२०७९को स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले कञ्चनपुर १ मा आफ्नो दरिलो दाबी राख्दै आएको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कञ्चनपुर १ मा चारमध्ये दुई पालिकामा कांग्रेसले जित हात पारेको छ । एमाले र माओवादीले एक÷एक पालिकामा जित हात पारेका छन् । स्थानीय तहको निर्वाचनमा एक नम्बरमा रहेको नेपाली कांग्रेसले संघीय संसदको पद आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ ।

नेता विष्ट कांग्रेसको संस्थापनइतर समूहमा प्रभाव राख्ने नेता हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC