site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गणपूरक संख्या पुगेन, प्रतिनिधिसभा बैठक स्थगित 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । गणपूरक संख्या नपुगेपछि आइतबार प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि तीन मिनेटसम्म घण्टी बजाउँदा बैठकमा ६७ सांसद मात्र उपस्थि भए । गणपूरकका लागि ६९ सांसद आवश्यक पर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

योसहित आज दोस्रोपटक गणपूरक संख्याका विषयमा प्रश्न उठाइएको हो ।

यही साउन २५ गते गणपूरक संख्यामै प्रश्न उठाइएपछि काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयक रोकिएको थियो । आजै यसअघि सोही विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा समेत सुवालले गणपूरक संख्याका विषयमा प्रश्न उठाएका थिए । त्यसपछि तीन मिनेट घण्टी बजाएर संख्या यकिन गरिएको थियो ।

Global Ime bank

संसद्को काम–कारबाही सञ्चालन गर्न एकचौथाइ अर्थात् ६९ सांसद हुनुपर्नेमा त्यति बेला भने ९० जना उपस्थित रहेको पाइयो । तीन मिनेटसम्म लगातार घण्टी बजाउँदा बाहिर रहेका सांसदहरू पनि उपस्थित भएका थिए ।

त्यसपछि प्रतिनिधिसभाबाट सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक बहुमतले पारित गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement