site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

बुटवल । दाङमा युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा ड्राइभिङ सेन्टरका एक सञ्चालक पक्राउ परेका छन् । पीडित भनिएकी युवती सोही ड्राइभिङ सेन्टरकी कर्मचारी हुन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा एउटा ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय ती व्यक्तिले युवतीलाई आफ्नै सेन्टरमा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । उनलाई सोमबार इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको जनाइएको छ ।

तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro