काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय एकता पार्टी, नेपालबीच पार्टी एकीकरण भएको छ । सोमबार लोसपा अध्यक्ष महन्थ ठाकुरा र राएपा अध्यक्ष प्रेमदिप थाम्सुहाङबीच ५ बुँदे सहमति पत्रमा हस्ताक्षर भएपश्चात् पार्टी एकीकरण भएको लोसपा कार्यालय सचिव रन्जित निस्पक्षले जानकारी दिए ।
दुई पार्टीबीचको सहमति पत्रमा लिम्बुवान आन्दोलन, सरकारसँग गरेको ५ बुँदे सहमति, घाइते अपाङ्ग र लिम्बुवान शहीदहरुलाई लोसपा नेपालले स्वामित्व ग्रहण गर्ने उल्लेख गरिएको छ ।
राष्ट्रिय एकता पार्टी, नेपालको अध्यक्ष प्रेम कुमार थाम्सुहाङ (प्रेमदिप) लाई लोसपा नेपालको केन्द्रीय कार्यकारिणी सदस्यमा समायोजन गर्ने तथा प्रदेश नं. १ को इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ ।