site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन सभामुखलाई नेपाल बारको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल बार एसोसियसनले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । बारले सोमबार सभामुखको कार्यकक्षमा पुगेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध गत फागुन १ गते दर्ता भएको महाअभियोग प्रस्तावमा छानबिन समिति मात्र गठन गरी कुनै प्रक्रिया अगाडि नबढाएको भन्दै चासो देखाएको हो ।

बारले महाअभियोग प्रस्ताव रोकेर राख्दा न्यायालयमा असर पार्ने भन्दै महाअभियोगको प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफू बारको अध्यक्ष भएपछि सभामुखसँगको पहिलो भेटमा महाअभियोगको प्रक्रियाका विषयमा ध्यानाकर्षण गराएको जानकारी दिए । 

“न्यायालयको प्रमुखमाथि महाअभियोग लागेको छ र महाअभियोग लागेको पनि लामो समय भइसकेको छ,” अध्यक्ष घिमिरेले बाह्रखरीसँग भने, “तर, महाअभियोगको विषय संसद्को कार्यसूचीमै अहिलेसम्म परेको छैन । महाअभियोग सिफारिस समिति गठन भइसकेको छ । तर त्यसले कुनै कार्य अगाडि बढाएको छैन ।”

Global Ime bank

भेटका क्रममा सभामुखले महाअभियोग प्रस्ताव अगाडि बढाउने आश्वासन दिएपनि प्रतिवद्धता भने नजनाएको उनले बताए । सभामुख सापकोटाले संसद् अन्य विधेयकहरूमा व्यस्त रहेककाले महाअभियोग प्रस्ताव अगाडि बढाउन नसकेको बताएको अध्यक्ष घिमिरेले जानाएकारी दिए ।

प्रधानन्यायाधीश जबराविरुद्ध २१ वटा अभियोग लगाएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदको हस्ताक्षरसहित दर्ता गराइएको प्रस्तावसँगै जबरा निलम्बित छन् ।  त्यसयता देशको न्यायालय कायममुकायमको नेतृत्वमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement