
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)को ‘च्याप्टर क्लोज’ भएको बताएका छन् ।
शनिबार बिहान ट्विट गर्दै उनले ‘एसपीपीमा सहभागी नहुने’ पत्र सरकारले अमेरिकालाई पठाएपछि यो विषय टुंगिएको उल्लेख गरेका छन् ।
“‘एसपीपीमा सहभागी नहुने’ पत्र सरकारले अमेरिकालाई पठाएपछि यो ‘च्याप्टर क्लोज’ त भयो, तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौँ,” उनले लेखेका छन् ।
परराष्ट्र सम्बन्धमा देललाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । “हामी पहिला गल्ती गर्छौँ । पछि आत्मालोचना अनि फेरि गल्ती दोहोर्याउँछौँ !,” ट्विटमा उनले थप लेखेका छन्, “नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ । भू–राजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ ।”
`एसपीपीमा सहभागी नहुने´ पत्र सरकारले अमेरिकालाई पठाएपछी यो `च्याप्टर क्लोज´ त भयो तर भविस्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 30, 2022
परराष्ट्र सम्बन्धमा `ब्यक्ति´ र `दल´ होइन `देश´ लाई केन्द्रमा राखेर बढौं l