site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हटाइयो सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने बाटोमा बनाइएको संरचना
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपत्यका विकास प्राधिकरणले सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने बाटोमा बनाइएको कंक्रिट संरचना हटाएको छ । वडा २८ का जनप्रतिनिधि, सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, स्थानीय, सम्पदाप्रेमी लगायतको पहलमा प्राधिकरणले उक्त संरचना हटाएको हो ।

स्थानीय तह लगायत कुनै पनि निकायसँग समन्वय नगरी प्राधिकरणले रानीपोखरी प्रहरी कार्यालय भवन र आकाशेपुलबीचको बाटोमा कंक्रिट संरचना बनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बाटोमा हिँड्ने पैदलयात्री र रथयात्रालाई असर गर्नेगरी बनाइएको संरचना हटाउनुपर्ने स्थानीय सेता मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, स्थानीय, सम्पदा संरक्षणकर्मीहरुले विरोध गरेका थिए ।

त्यसपछि वडा नम्बर २८ का वडाध्यक्ष भाइराम श्रेष्ठले प्राधिकरणलाई पत्र पठाएका थिए । प्राधिकरणले ठूलो आधुनिक बत्ती राख्ने प्रयोजनका लागि कंक्रिट संरचना बनाएको बताएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement