site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीका विषयगत समितिले पाए पूर्णता : एमालेलाई तीन, जनमोर्चालाई एक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बुटवल । विगत डेढ वर्षदेखि रिक्त रहेका लुम्बिनी प्रदेशसभाका चार विषयगत समितिले पूर्णता पाएका छन् । चारमध्ये तीनमा नेकपा (एमाले) र एकमा राष्ट्रिय जनमोर्चाका सांसदले नेतृत्व पाएका छन् ।

यसमध्ये महत्त्वपूर्ण मानिने प्रदेशको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका विष्णु पन्थी निर्वाचित भएका छन् । उक्त समितिका सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, विमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज र गीता थापा छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा तारा जिसी, कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल र सामाजिक विकास समितिको सभापतिमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार प्रदेशसभामा ती समितिको नेतृत्वका लागि उनीहरूको मात्र उमेदवारी परेपछि उनीहरू निर्विरोध भएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । “सबै पदमा एकल उमेदवारी परेको छ । बुधबार ५ बजेसम्म नाम दर्ताको समय थियो । अब तत् तत् समितिको बैठक बसेर यसको अनुमोदन हुनेछ,” उनले भने ।

Royal Enfield Island Ad

सभापतिमा निर्वाचित जिसी जनमोर्चाकी प्रदेशसभा सदस्य हुन् । भुसाल र गौतम एमाले सांसद हुन् ।

अर्थ, उद्योग तथा पर्यटन समितिका सदस्यहरूमा थानकुमारी थापा चापागार्इं, भगवतीदेवी भण्डारी, दीपेन्द्रकुमार अधिकारी, तुलसी चौधरी, लीला गिरी, युवराज खनाल, भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, मो. याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्तीमगर र निर्मला मुडवरी भट्टराई छन् ।

कृषि, वन तथा वातावरण समितिका सदस्यहरूमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारु, चेतनारायण आचार्य, कुलप्रसाद पोखरेल, अष्टभुजा पाठक, रुन्दावती शर्मा, दीपेन्द्रकुमार पुनमगर र लौटी थारु छन् ।

सामाजिक विकास समितिका सदस्यहरूमा कमलादेवी विक, चिन्तावती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, वीरेन्द्रकुमार कनौडिया, पुष्पा थरुनी, तेजबहादुर ओली र दीपा विक छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro