site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

केही साता यता काठमाडौं उपत्यकामा बिजुली बढी नै जानेआउने गर्न थालेको छ । यसले उपभोक्तालाई दिक्क त बनाएको छ नै विद्युतीय उपकरण बिग्रने जोखिम पनि बढाएको देखिन्छ ।

विद्युत् प्राधिकरणले भने बिजुली गडबडीको कारण सार्वजनिक गरेको छैन । यसैले अहिलेको अव्यवस्थाका कारणहरू बारे अनेकौं टिप्पणी गरिएको सुनिन्छ । यथार्थ थाहा नदिएपछि अनुमान त हुने नै भयो । 

बर्खा लागेपछि विद्युत् उत्पादन बढेको भन्दै नेपाल विद्युत् प्राधिकरणले भारततर्फ बिजुली निर्यात गर्न थालेको छ । हिउँदमा भातबाट किनेर नेपालमा विद्युत् वितरण गरिन्छ । यसैले किनबेच स्वाभाविकै देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैपनि बर्खामा उत्पन्न हुने बढी बिजुली जोगएर राख्न त सकिँदैन । खपतभन्दा बढी बिजुली नबेच्ने हो भने खेर जान्छ । खेर फाल्नुभन्दा त बेच्नु नै बुद्धिमानी हुन्छ ।

केहीले भारतलाई बिजुली बेचेकाले नेपालमा आपूर्ति अनियमित भएको तर्क गर्न थालेका छन् । तर,बिजुली आउनेजाने क्रम हेर्दा यो तर्क सही देखिँदैन । बर्खा याममा नदीमा पानी बढ्दा विद्युत् उत्पादन पनि त बढ्छ ।

Global Ime bank

नेपाल विद्युत् प्राधिकरणकै लापरवाहीका कारण विद्युत् आपूर्ति अनियमित भएको भने यथार्थ हो । विद्युत् आपूर्तिमा देखिएको अनियमितताको प्रकृति हेर्दा वितरणमा प्रयोग भएका कमसल उपकरण यसको कारकजस्तो देखिन्छ ।

यसैगरी केही साता यता बिजुली आउन छाडेको सूचना दिने ठाउँ  'नो लाइट' शाखाको टेलिफोनमा सम्पर्क गर्न धेरै कठिन बनाइएको छ । सामान्य उपभोक्ताले गुनासो गर्न पनि निकै समय लगाउनुपर्ने हुन्छ । 

नेपालका विद्युत् उपभोक्तालाई यति धेरै हेप्न त नहुने हो । वितरणमा प्राधिकरणको एकलौटी भएकाले जनतासँग छान्ने सुविधा छैन । तर, के यही कारणले राज्यको स्वामित्व भएको प्रधिकरणले यसरी जनतालाई हेप्नु न्यायोचित होइन । 

सम्भवतः सहरी क्षेत्रमा विद्युत् वितरणका लागि प्रयोग गरिने उपकरणहरूको खरिदमा भएको भ्रष्टाचारका कारण आपूर्ति अनियमित भएको हुनसक्छ । खरिदमा अनियमितता गरिएकै कारण प्राधिकरण व्यवस्थापन मौन रहन बाध्य भएको त होइन? 

कारण जेसुकै भए पनि विद्युत् आपूर्तिमा भएको गडबडी कुनै पनि बेला ठूलो दुर्घटनाको कारण बन्न सक्छ । त्यस अवस्थामा दुर्घटनाका कारण हुने क्षतिको दोष प्राधिकरणमाथि नै लाग्नेछ ।

आपूर्ति कम भएकै कारण वितरणमा समस्या भएको हो भने उपभोक्तालाई त्यसको कारण जानकारी गराउनु प्राधिकरणको कर्तव्य हो । विद्युत् कटौतीको कार्यतालिका नै निकालेर आपूर्ति बन्द गर्दासमेत उपभोक्ताले सहेका थिए ।

उपकरणमा सुधार र सुदृढीकरण गर्नुपर्ने भए तत्काल गरेर र अरू कारण भए जनतालाई जानकारी आपूर्तिमा भइरहेको अहिलेको गडबडी तत्काल अन्त्य गरियोस् । प्राधिकरणबाट सन्तोषजनक सेवाको माग गर्नु उपभोक्ताको ज्यादती त होइन नि ! 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC