site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा ६ जनाको मृत्यु
भावह्विल मृतकका आफन्त ।

हाथरस । हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

पाँचजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । तीर्थयात्री हरिद्वारबाट ग्वालियरतर्फ गइरहेका थिए । ट्रकका चालक फरार रहेका र निजको खोजी भइरहेको छ ।

कन्वर यात्रा भगवान् शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो । कन्वर यात्रीहरू हरिद्वार, गौमुख र गंगोत्री र बिहारको सुल्तानगन्जबाट गंगाजल ल्याएर भगवान् शिवलाई चढाउँछन् । कोभिड–१९ का कारण बन्द भएको कन्वर यात्रा दुई वर्षपछि सुरु भएको छ । तीर्थयात्रामा कुनै अप्रिय घटना हुन नदिन विभिन्न क्षेत्रका प्रशासनले आवश्यक उपाय अपनाएका छन् । रासस/एएनआई

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  २२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro