site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगन्जमा लागुऔषधसहित युवक पक्राउ 

वीरगन्ज । पर्सामा नियन्त्रित लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–१० का ३१ वर्षीय अनिल कुमारलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार बेलुका करिब पौने ९ बजे वीरगन्ज–१६, रजतजयन्ती चोकस्थित सडकबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बीआर ०७ वाई ८२०१ नम्बरको कारसहित अनिललाई नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उक्त कारको सिटमुनि फल्स बटम बनाई कागजले बेरी राखेको अवस्थामा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम एक हजार १५५ एम्पुल, नुरफिन ९७८ एम्पुल र नाइट्राभेट एक हजार ७८५ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । उनका अनुसार अनिलविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro