site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झुक्किएर पाएकाे ३३० गुणा बढी तलब लिएर कामदार बेपत्ता !
सांकेतिक तस्बिर ।

सान्टियागो । भुलवश साबिक तलब भन्दा करिब ३३० गुणा बढी तलब भुक्तानी भएपछि चिलीका एकजना कामदार राजीनामा दिएर बेपत्ता भएका छन् । 

तलब सूचीमा भएको गडबडीका कारण यस्ताे गल्ती हुन पुगेको थियो । कोल्ड मिट्स म्यानुफ्क्चरर कोन्सोर्सियो इन्डष्ट्रियल डि एलिमेन्टोसमा कार्यरत ती कामदारले मे महिनाको तलब बापत १ लाख ८० हजार ४१८ अमेरिकी डलरको पे–चेक प्राप्त गरेका थिए । 

उनलाई मासिक तलब बापत ५४५ डलर दिनुपर्ने थियो । ती कामदारले सुरुमा म्यानेजरलाई आफूलाई बढी रकम भुक्तानी गरिएको खबर दिएको स्थानीय सञ्चार माध्यम डियारियो फिनान्सिएरोले जनाएको छ । 

म्यानेजरले यसबारेमा तत्कालै मानव संसाधन निकायलाई खबर गरेका थिए । सो निकायले कामदारलाई बैंकमा गएर बढी पैसा फर्काउन अनुरोध गरेको थियो । 

बैंकमा जाने सहमति जनाए पनि घटनाका केही दिनपछि आफैँसँग पैसा राखेर उनी सम्पर्कविहीन भएका थिए । त्यसपछि उनले आफ्नो वकिलमार्फत कम्पनीमा राजीनामापत्र पठाएका थिए ।

कम्पनीले नाम नखुलाइएका ती कामदारविरुद्ध प्रहरीमा उजुरी गरिसकेको छ । तर, उनी अहिलेसम्म पक्राउमा पर्न सकेको छैन ।

फक्स न्यूजबाट ।   
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro