site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाइजेरियामा बस दुर्घटना हुँदा जलेर ३० जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरी राज्य काडुनामा भएको एक सडक दुर्घटनामा कम्तीमा ३० जनाको जलेर मृत्यु भएको छ । अरु एक दर्जन घाइते भएका सरकारी निकायले जनाएको छ । 

बिहीबार साँझ जारिया र कानो सहर जोड्ने एक राजमार्गमा तीनवटा यात्रुबस एक आपसमा जुधेपछि तिनीहरूमा आगलागी भएको थियो । 

काडुना राज्यको नाइजेरियाली सडक सुरक्षा निकायका कमान्डर हाफिज मुहम्मदले महिला तथा बालबालिकासहित ३० जनाको मृत्यु भएको बताएका छन् । दुर्घटनामा घाइते भएकालाई नजिकैका दुईवटा अस्पतालमा पुर्‍याइएको थियो । 

सरकारी अधिकारीहरूले बस चालकहरूले एकले अर्कालाई उछिन्न खोज्दा दुर्घटना भएको हुनुपर्ने बताएका छन् । 

सवारी साधनको मर्मतसम्भारमा हुने लापरबाही, तीव्र गति, सडकको खराब स्थिति तथा ट्राफिक नियमको उल्लंघन जस्ता कारण नाइजेरियामा प्रायः सडक दुर्घटना दोहोरिने गरेको छ । बीबीसी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro