site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरियाली आमाले छोरालाई हिन्दी पढाएपछि...

नयाँ दिल्ली । एकजना कोरियाली महिलाले आफ्नो छोरालाई हिन्दी भाषा सिकाउँदै गरेको एउटा रमाइलो भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । 

इन्स्टाग्राममा सेयर गरिएको यो भिडियो छोटो समयमै ३ लाख ६० हजार पटक भन्दा बढी हेरिइसकेको छ । साथै यसले २० हजार भन्दा बढी ‘लाइक’ पनि पाइसकेको छ । 

भारतीय–कोरियाली दम्पतीले आफ्नो सामाजिक सञ्चार पेज ‘प्रेम किम फरइभर’मा यो भिडियो पोस्ट गरेका हुन् । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘कोरियाली पत्नी छोरालाई हिन्दी पढाउँदै’ । 

भिडियोमा प्लेटमा राखिएको पकौडालाई देखाउँदै कोरियाली महिलाले अंग्रेजीमा त्यो के हो भनेर सोध्छिन् । त्यसपछि ती महिलाले सानो छोरालाई ‘ए पकौडा है’ (यो पकौडा हो) भनेर सिकाएको सुनिन्छ । त्यसपछि आमा छोरो दुवैले पटक पटक ‘पकौडा’को उच्चारण गर्छन् । 

यसै महिनाको सुरुमा एकजना विदेशी महिलाले खरखरती हिन्दी बोल्दै चिया बेचिरहेको भिडियो फुटेज पनि अनलाइनमा निकै भाइरल भएको थियो । ४ लाख ९५ हजार पटक भन्दा बढी हेरिइसकेको सो भिडियोले पनि ४२ हजार भन्दा बढी लाइक पाइसकेको छ ।  

एनडीटीभीबाट । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro