site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता दिनुपर्छ : बाबुराम भट्टराई
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपाली (एनआरएनए)लाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले अहिले एनआरएनएलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार दिनेबारे छलफल भइरहेको तर आफू पूर्ण अधिकारसहितको नागरिकता दिनुपर्ने पक्षमा रहेको बताए ।

"अझै अपूर्ण छ । जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउनेकुरा त आएको छ । त्यो मुलतः ठिक छ । एनआरएनएहरूलाई मेरो निजी मान्यता त उनीहरूलाई पूर्ण नागरिकता दिए हुन्छ भन्ने हो । तैपनि राजनीतिक अधिकार बाहेकका अन्य अधिकारसहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ," उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले आमाको नामबाट नागरिकता दिने विषयमा सर्तहरू तेर्स्याइनु गलत भएको पनि बताए । आमाको नाममा निसर्त नागरिकता दिनुपर्ने उनको भनाइ छ ।

"कमजोर पक्ष के छ भने आमाको नामबाट नागरिकता प्राप्त गर्ने जुन अधिकार हो त्यो निसर्त अधिकार हो । अनावश्यक ढंगले सर्त राखेर आमाले बाउको पहिचान भए, नभएको भनेर जुन सर्त राखिएको छ । त्यो विभेदकारी छ । गलत छ । वैवाहिक अंगिकृतको कुरा पनि समानतामा आधारित छैन । कि त नराख्ने हो भने छोरा र छोरी दुवैको दम्पतीलाई नराखौँ । राख्ने हो भने दुईवटैलाई थोरै थोरै भएपनि राखौँ । यसरी विभेदकारी प्रावधान राख्नु हुँदैन," उनले भने ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro