site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डको दाबी– अब माओवादीलाई देशको बागडोर आफ्नो हातमा लिनबाट कसैले रोक्न सक्दैन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा माओवादी पुनर्स्थापित नभए  संघीयता बलियो हुन नसक्ने दाबी गरेका छन् । 

शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मधेसमा पहिले ठुलो डिजाइनका साथ भ्रम छरिएको बताउँदै त्यहाँका नेता माओवादीमा प्रवेश गर्नुले ठुलो सन्देश दिएको बताए । 

“अब पुनर्स्थापित हुने माओवादी नै हो । यो देशमा माओवादी पुर्नस्थापित भएन भने, माओवादी बलियो भएन भने संघीयता, लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन,” उनले भने । 

उनले माओवादी बलियो नभए  मधेसी, आदिवासी, महिला मुस्लिम, श्रीजिवीको हक स्थापित हुन नसक्ने बताए । उनले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर आफ्नो हातमा लिन कसैले रोक्न नसक्ने दाबीसमेत गरे । 

“तपाईंहरूको आजको यो प्रदेशले यस्तो सन्देश दिएको छ,” उनले भने, “आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर आफ्नो हातमा लिन कसैले रोक्ने छैन भन्ने सन्देश छ  ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro