site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. आरजु देउवाको शल्यक्रिया सम्पन्न
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाको भारतको नयाँ दिल्ली स्थित म्याक्स अस्पतालमा हालै शल्यक्रिया सम्पन्न भएको छ । अत्यधिक मासिक रक्तश्रावको समस्या भएर उपचारका लागि गएकी देउवाको प्रारम्भिक जाँच मेदान्त अस्पतालमा र शल्यक्रिया म्याक्समा गरिएको थियो ।

साउन १ गते म्याक्समा भर्ना गरिएपछि उनको पाठेघर निकालिएको हो । चिकित्सकीय भाषामा ‘हिस्टेरेक्टोमी फर हाइपरप्लेसिया अफ एण्डोमेट्रिएम’ भनिने शल्यक्रिया म्याक्स अस्पतालका अन्कोलोजिस्ट सर्जन डा. हरित चतुर्वेदीको नेतृत्वको समूहले गरेको थियो । 

शल्यक्रियापछि देउवाको स्वास्थ्य अवस्था साधारण रहेको र उनी स्वास्थ्यलाभ गर्दै गरेको कुरा उनको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् । पाठेघरको मुखमा क्यान्सरको शंका गरिएता पनि प्रारम्भिक जाँचमा त्यस्तो नदेखिएकोले देउवा चाँडै स्वस्थ हुने अनुमान चिकित्सकले गरेका छन् । 

वि.सं. २०१८ सालमा जन्मिएकी राणाको तत्कालिन समयका गृहमन्त्री शेरबहादुर देउवासँग २०४८ सालमा भएको थियो । 
नेपाल र भारतमा अध्ययन गरेकी प्रधानमन्त्री पत्नीले भारतको सेण्ट बेडेस कलेज, हिमाञ्चल तथा पञ्जाव विश्वविद्यालयबाट स्नातकोत्तर तथा अर्गनाइजेशनल साइकोलोजीमा विद्यावारिधी गरेकी छिन् ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro