site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लहानका उपमेयर महतोविरुद्ध जबरजस्ती करणी मुद्दा

काठमाडौं । सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर परेको छ ।

उपमेयर महतोले जागिर लगाइदिने भन्दै एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

“आफ्नै कार्यकक्षको गोप्य कोठामा लगेर यौन प्रस्ताव राखेर, हस्तक्षेप गर्ने काम भयो । अदालतबाट पक्राउ पुर्जीको अनुमति मागिएको छ,” उनले भने ।  

प्रहरीका अनुसार घटना गत जेठ महिनाको हो । उजुरी भने बुधबार परेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro