site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता विधेयकबारे भीम रावलको प्रश्न– यो छलफल हो कि छल हो ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद भीम रावलले नागरिकता विधेयकलाई पर्याप्त छलफल नगरी पारित गर्न खोज्नु राष्ट्रियताप्रतिको खेलबाड भएको बताएका छन् ।

आज (शुक्रबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रावलले देशको दीर्घकालीन अस्तित्वसँग जोडिएको नागरिकताको विषयलाई पर्याप्त छलफल नगरी अगाडि बढाइनु लोकतन्त्रको उपहास  भएको बताए । 

उनले भने, ''नागरिकता जस्तो संवेदनशील विषयलाई पर्याप्त छलफल नगरी अगाडि बढाउनु लोकतन्त्रको उपहास हो, निरङ्कुशता हो । नागरिकता जस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ ।''

'यो छलफल हो कि छल हो' शीर्षकको कविताबाट बोल्न सुरु गरेका उनले सरकारलाई 'के तिमी सधैँ सत्तामा हुन्छौँ ? देशभन्दा लामो आयु छ ?' भन्दै प्रश्न गरे । 

राज्य व्यवस्था समितिले सिफारिस गरेर पठाएको सात वर्षे र पाँच वर्षे प्रावधानलाई हटाइनु गम्भीर अपराध  भएको रावलले बताएका छन् । 

"स्वदेशीले नपाउने, विदेशीले सजिलै पाउने व्यवस्था गर्न खोज्नु गम्भीर अपराध नै हो," रावलले भने । 

संविधान बनाउने बेला नै नेपालमा विवाह गरेर आएका विदेशीले सात वर्ष नेपालमै बसेपछि मात्रै नेपाली अङ्गीकृत नागरिकता दिन राजनीतिक दलहरूले सहमति गरेको स्मरण गराउँदै उनले उक्त सहमति तोडिनु राजनीतिक अनैतिकता भएको बताए  । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro