site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेरबहादुर तामाङको प्रश्न– आमाको पवित्रतामा किन प्रश्न ? 

काठमाडौंं । संसदमा आज नागरिकता विधेयकमाथि दफाबार छलफल भइरहेको छ । छलफलमा नेकपा एमालेका सांसद शेरबहादुर तामाङले विधेयकमा कतिपय विषय छुटेको बताए । संविधानको मर्म र भावना समट्ने गरी विधेयक नआएको उनको भनाइ छ ।
 
तामाङले ब्रिटिस गोर्खामा गएका र उनीहरुका सन्तानलाई वंशजका आधारमा   नागरिकता प्राप्त गर्ने प्रावधान हुनुपर्ने बताए । उनले आमाको नामबाट सजिलै नागरिकता प्राप्त गर्ने प्रावधान ल्याउनु पर्ने धारणा राखे ।
 
“हामी सबै आमाका सन्तान हौँ, आमाको पवित्रतामा किन प्रश्न उठाउने, आमाले यो मेरो सन्तान हो भनेपछि सकियो । आमा त सत्य हो भने बुवा विश्वास मात्रै हो, त्यसैले बुवाको खोजी किन गर्दै छौँ ?” उनले प्रश्न गरे । 
 
संविधानले समानताको हक कायम गरिसकेको र आमाको नामबाट नागरिकता प्राप्त गर्ने बाटो दिइसकेकाले त्यसमा बुवाको खोजी गरिराख्नु नपर्ने उनको भनाइ छ । 

नेपाली नागरिकले बिहे गरेर ल्याउने विदेशी महिला वा पुरुष दुबैले समान रुपबाट वैवाहिक नागरिकता प्राप्त गर्ने प्रावधान ल्याउने पनि बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro