site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली टिमबाट राजीनामा दिएलगत्तै पुबुदु क्यानडाको प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायके आजै क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । 

पुबुदुले नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिँदा आफू अब एक दुई वर्ष क्यानडा भन्दा बाहिर जान नसक्ने बताएका थिए । तर, उनले त्यसो भनेको एक घण्टा पनि बित्न नपाउँदै पुबुदुलाई क्यानडा क्रिकेटले मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको सार्वजनिक गरेको छ । 

Argakhachi Cement Island Ad

क्यानडा क्रिकेटको ट्विटरमा लेखेको छ, “पुबुदु दायासानायके हाम्रो मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।”

पुबुदुले स्कल्यान्ड भ्रमण जानुअघि नै नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा पत्र बुझाएका थिए । जुन क्यानले त्यतिबेला नै स्वीकृत गरेको थियो । तथापि पुबुदुको राजीनामाबारे भने टिमलाई आज बिहानमात्र जानकारी गराइएको पुबुदु बताएका छन् ।

आज एक कार्यक्रममा आफूले राजीनामा दिएको घोषणा गर्दै पुबुदुले भनेका थिए, “पारिवारिक कारणले गर्दा म एक दुई वर्ष क्यानडा भन्दा बाहिर जादिँन । त्यसपछि कामबारे सोच्नुपर्छ ।”

यसअघिका प्रशिक्षका डेव वाट्मोरले पनि भारतीय रणजी ट्रफीको क्लबमा अनुबन्ध भएपछि नेपाली क्रिकेट टिमबाट राजीनामा दिएका थिए । 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्