
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन पछिल्लो समय लभ लाईफलाई लिएर चर्चामा छन् । पूर्वपत्नी सुजैन खानसँग सम्बन्धविच्छेदपछि ऋतिक सबा आजादलाई डेट गरिरहेका छन् । केही महिनाअघि मात्रै उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक पनि गरेका थिए ।
सबा ऋतिकको पारिवारिक पाटीहरुमा पनि जान्छिन् भने ऋतिकका पूर्वपत्नी र दुई छोरासँग सबाको राम्रो सम्बन्ध छ । देश–विदेश घुमेर एक–अर्कासँग क्वालिटी समय बिताइरहेका सबा र ऋतिक अब चाँडै विवाह बन्धनमा बाँधिने खबर आएको छ । उनीहरु चाँडै विवाह बन्धनमा बाँधिन लागेको भारतीय मिडियाले बताइरहेका छन् ।
नवभारत टाइम्सका अनुसार ऋतिक र सबा एकाअर्कालाई लिएर गम्भीर छन् । तर अहिले नै हतारमा विवाह गरिहाल्ने मनस्थितिमा पनि छैनन् । ह्याप्पी रिलेशनसिपमा रहेका उनीहरु विवाह गर्ने सोचमा छन् तर अहिले नै गरिहाल्न लागेका भने छैनन् ।
ऋतिक र सुजैनको विवाह सन् २००० दिसेम्बर २० मा बैंगलुरमा भएको थियो । भने उनीहरु २०१३ मा एकाअर्कासँग छुटिएर बस्न थाले र अन्तत सन् २०१४मा कानुनी रुपमै अलग भए । नवभारत टाइम्सबाट ।