site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७५ हजार डलर पुरस्कारसहित ‘मेरो भ्वाइस र डान्स युनिभर्स’ रियालिटी शो हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक सर्वाधिक ठूलो धनराशीसहितको दुईवटा रियालिटी शो आयोजना हुने भएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ हुन लागेको हो । 

विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको सहभागीतामा शो आयोजना गरिन लागेको हो । ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले ७५ हजार डलर पुरस्कार पाउनेछन् । फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘मेरो डान्स युनिभर्स’को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन् । यो शोको फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् ।

यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । अगष्टदेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहनेछ । 

जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन लिइनेछ । नेपालसँगै क्यानडा र अमेरिकामा अडिसन गरिनेछ । यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro