site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा बार्सिलोनाको फराकिलो जित

काठमाडौं । अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले सिजन पूर्वको मैत्रीपूर्ण खेलमा आज इन्टर मियामी सीएफलाई ६–० ले पराजित गरेको छ । 

स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले १९औं मिनेटमा पिइरे–इमेरिक औबमेयाङले गरेको गोलबाट अग्रता लिएको थियो । २५औं मिनेटमा राफिन्हाले बार्सिलोनाको अग्रता दोब्बर बनाए । २५ वर्षे मिडफिल्डर राफिन्हा यसै सिजन लिड्स युनाइटेडबाट बार्सिलोनासँग अनुबन्ध भएका थिए । 

४१औं मिनेटमा अंशु फातीले तेस्रो गोल थपे । दोस्रो हाफमा बार्सिलोनाले पूरै ११ खेलाडी परिवर्तन गरेको थियो । ५५औं मिनेटमा पाब्लो गाभिराले चौथो गोल गरे । ६९औं मिनेटमा मेम्फिस डिपाएले पाँचौं गोल गरे भने ७०औं मिनेटमा औसमाने डेम्बेलेले छैटौं गोल थपेका थिए । 

भिसा समस्याका कारण बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले अमेरिका भ्रमण गुमाएका छन् । बार्सिलोनाले अब आइतबार घरेलु फुटबलको चीर प्रतिद्वन्द्वी रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro