site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर गगन थापाले दिए तीन सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर विभिन्न तीनवटा सुझाव दिएका छन् । मंगलबार उनले मन्त्री चौधरीले भेटेर काठमाडौंको फुटपाथ व्यवस्थापन, फोहोर व्यवस्थापन र डुबानबारे सुझाव दिएका हुन् ।

उनले आफूले मन्त्री चौधरीसँग काठमाडौं उपत्यकाभित्रका सडकलाई पैदलयात्रीमैत्री बनाउनका लागि फुटपाथ निर्माण, विस्तार, पुनःस्थापनाका लागि छुट्टै आयोजना सञ्चालन गर्नेबारे छलफल गरेको बताएका छन् ।

उनले काठमाडौं उपत्यका विकास प्राधिकरणको ऐन संशोधन गरेर यसको सञ्चालक समितिमा काठमाडौं उपत्यकाका सबै स्थानीय तहका प्रमुख, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधि रहनेगरीले उपत्यकाको यातायात, फोहोर, नदी प्रणाली, खानेपानी, ढलजस्ता पूर्वाधारका विषयमा एकीकृत सोच र कार्यक्रम तय गर्नेबारे पनि छलफल गरेको बताएका छन् ।

त्यस्तै बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १०, ११, १२ र काठमाडौं महानगरको वडा नम्बर ६ र ७ को केही भाग निरन्तर डुबानमा परिरहने समस्याको दीर्घकालीन समाधान खोज्न छुट्टै परियोजना बनाउनेबारे पनि छलफल भएको बताएका छन् । 

मन्त्री चौधरीले आफूले दिएका सुझावलाई सकारात्मक रूपमा लिएको उनले बताएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro