site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले वाम एकताको पहल गर्ने 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वाम एकताको लागि पहल गर्ने भएको छ । 

एकीकृत समाजवादीको मंगलबार सम्पन्न सचिवालय बैठकले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो । 

Argakhachi Cement Island Ad

बैठकले संगठन सुदृढीकरण अभियान अघि बढाउने, समाजवादबारे दस्तावेज तयार गर्ने, वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार पार्ने निर्णय गरेको सो पार्टीका महासचिव डा. बेदुराम भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्