site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपाले 'एक व्यक्ति, एक पद' नीति कार्यान्वयमा कडाइ गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले 'एक व्यक्ति, एक पद' नीति कार्यान्वयमा कडाइ गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालयमा मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले कुनै पद नपाएकाहरूलाई प्राथमिकता दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

उनकाअनुसार बैठकमा साउन ५ गतेदेखि बस्ने पार्टीको केन्द्रीय समिति बैठकको एजेन्डाबारे पनि छलफल भएको छ । यस्तै अनुसाशनको कारबाहीमा परेका राजेन्द्र श्रेष्ठबाहेक अन्य तीनजनालाई एक वर्ष निलम्बन गर्ने पनि निर्णय भएको छ ।

यद्यपि ती नेताहरूले पार्टीबाट नै राजीनामा दिइसकेका छन् । 

बैठकले सरकारसँग राखेको २२ बुँदे माग कार्यान्वयनका लागि दबाब दिन दोस्रो चरणको आन्दोलनको मोडालिटीबारे पनि छलफल गरेको छ ।

बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरासहितका नेताहरू उपस्थित थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro