site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रीबाट बिदाइ हुँदा अझ बढी हाँसेर जानेछु : मेटमणि चौधरी

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा आफू हाँसेरै जाने बताएका छन् ।

 

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेला अझ बढी हाँसेर जाने बताए । 

बैठकमा सांसदहरूले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए ।

जवाफमा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए ।

मन्त्री चौधरीले मन्त्रीको रूपमा आफू सधैँ नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिबद्धता जनाए । 

"माननीयजीहरूले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरू दिनुभएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नुभएको छ । मलाई क्लियर के छ भने मन्त्री हुुने कुरा रेगुलर प्रोसेसको कुरा हो । म सधैँभरि रहिरहँदिन । त्यसै म जसरी हाँसेर आएको छु, जाँदाखेरी यो भन्दा बढी हाँसेर जान्छु," उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro