site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरले खरिद गरेका तीन दमकल आइपुग्यो
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा खरिद गरिएका तीन दमकल काठमाडौं आइपुगेको छ । ती दमकल वीरगन्ज भन्सार कार्यालय हुँदै आज काठमाडौं आइपुगेको हो ।

महानगरले गत वर्ष साउन ३ गते दमकल खरिदका लागि इन्डोनेसियाको कम्पनीसँग पाँच लाख ७५ हजार ९३३ अमेरिकी डलरमा सम्झौता गरेको थियो ।

महानगरले थप तीन दमकल खरिदका लागि चालु आर्थिक वर्षको बजेटबाट दुई करोड रुपैयाँ छुट्ट्याएको छ । विभिन्न संघसंस्थाहरूले अनुदानस्वरुप दिएका ६ दमकल महानगरसँग छन् । तीमध्ये तीन दमकल बिग्रिएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्