site stats
बाह्रखरी :: Baahrakhari
देश
सात जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । असारयता नेपालमा कोभिड–१९ संक्रमण निरन्तर बढ्दो क्रममा छ । सोमबार एकैदिन ४५७ मा संक्रमण पुष्टि भएको थियो ।

अहिले देशका ७० जिल्लामा सक्रिय संक्रमति रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Argakhachi Cement Island Ad

मन्त्रालयका अनुसार हाल मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, बाजुरा र डडेलधुरामा सक्रिय संक्रमित देखिएका छैनन् ।

सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा एक हजार १०९ जना छन् । अरू जिल्लामा १०० भन्दा कम रहेको मन्त्रालयको तथ्यांक छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्