site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार नेताले छाडे राप्रपा 
राप्रपाको झन्डा ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्याग गरेका छन् ।

मंगलबार नेताहरू दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास श्रेष्ठले पार्टीमा अपमानित र निरीह भएर बस्न नसक्ने भन्दै साधारण सदस्य समेत नरहने गरी अलग भएको घोषणा गरेका हुन् ।

“राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चिरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका छौँ,” उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पार्टीमा उनीहरूलाई केही दिनअघि स्पष्टीकरण सोधिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro