site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ढिलो नगरी संवैधानिक राजसंस्था पुनःस्थापना र संघीयता खारेज गर्नुपर्छ : रवीन्द्र मिश्र
फाइल तस्बिर ।

काठमाडौं । राजनीतिकर्मी रवीन्द्र मिश्रले ढिलो नगरी संवैधानिक राजसंस्था पुनःस्थापना र संघीयता खारेज गरी नेपाललाई ‘हिन्दु–बौद्ध राष्ट्र’ मा रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनले आफ्नो आउन लागेको पाँचौँ पुस्तक ‘विचारभन्दा माथि देश’मा यस्तो उल्लेख गरेका हुन् ।

उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिन प्रतिदिन संवेदनशील हुँदै गएको समेत उल्लेख गरेका छन् । नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको उनको निष्कर्ष छ ।

उनी भन्छन्, “कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ ।”

अब पृथ्वीनारायण शाहको दिव्योपदेश र बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई समायोजित रूपमा अंगीकार गर्नुको विकल्प नभएको उनको तर्क छ ।

“हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्रकेन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन । ६०–७० लाख युवा विदेशिन बाध्य हुने थिएनन् । आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन । राजनीति भनेको देशकै लागि गर्ने हो । त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,” मिश्रले पुस्तकमा लेखेका छन् ।

फाइनप्रिन्टले प्रकाशन गर्न लागेको उक्त पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले उल्लेख गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro