site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धन बनाउने पक्षमा छैनौँ : पोखरेल

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी गठबन्धन बनाउने पक्षमा नरहेको बताएका छन् ।

आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले एमाले तत्कालै चुनावी प्रयोजनका लागि कुनै किसिमको गठबन्धन बनाउने पक्षमा नरहेको बताए ।

“हामी दलीय गठबन्धन गर्ने पक्षमा छैनौँ । निर्वाचनमा प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्ने हाम्रो उद्देश्य छ,” उनले भने, “हामी राष्ट्रियस्तरको गठबन्धन गर्दैनौँ । तर, स्थानीय तहमा भने आवश्यकता हेरेर तालमेल हुनसक्छ ।” एमाले विचारसहित संगठनको बलमा जनतामाझ जाने उनको भनाइ छ ।

अर्को प्रसंगमा उनले संविधान अपरिवर्तनीय र संशोधन नै गर्न नसकिने दस्तावेज नभएको बताए । पोखरेलले भने, “कुनै एक दल अथवा व्यक्तिले खारेजी भन्दैमा हुँदैन । केही परिवर्तन गर्नुपर्दा छलफल र सहमति चाहिन्छ ।”

उनले प्रदेश खारेजीका बारेमा उठेको विषय ‘बकवास’ भएको टिप्पणी गरे । संविधान राष्ट्रिय दस्तावेज भएकाले कसैले एक्लै चाहेर ‘खुसुक्क हटाउन मिल्छ र ?’ भन्दै प्रतिप्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro