site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिममा सरकार र एमालेबीच सहमति, संसद् अवरोध हट्ने
Tiktok banner adTiktok banner ad

धनगढी । सुदूरपश्चिम सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति भएको छ । प्रतिपक्षी दल एमालेले राखेका १४ बुँदे मागलाई सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि सहमति भएको आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिए ।

आज सरकारका तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल र एमालेका तर्फबाट संसदीय दलका नेता प्रकाशबहादुर शाह, प्रमुख सचेतक लिलाधर भट्ट, लोसपाका तर्फबाट संसदीय दलका नेता कृष्ण चौधरी र प्रदेश संसद बलदेव रेग्मीको सहभागितामा भएको बैठकमा सहमति भएको हो । 

सहमतिसँगै अब प्रदेश सभा बैठक सञ्चालन हुने भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै संसद् बैठक बहिस्कार गर्दै आएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro