site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुढीगंगामा ६६.८३ प्रतिशत मत खस्यो, सबै मतपेटीका संकलन
Tiktok banner adTiktok banner ad

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुन: मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ । कडा सुरक्षाकाबीच बिहीबार भएको मतदानमा १३ हजार ६५९ मतदातामध्धे ९ हजार १२८ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

वैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।

मतपेटीका मतगणनास्थल बुढीगंगा नगरपालिकाका कार्यालय ल्याइसकिएको छ । मतगणना कति बेला हुने भन्ने बिहीबार बेलुकासम्म टुंगो लागेको छैन । 

मतदानका क्रममा बुढीगंगा नगरपालिकाको वडा नम्बर ९ को त्रिशक्ति विद्यालयको मतदान विवाद भएपछि प्रहरीले हवाई फायर गरेको थियो । बुढीगंगा नगरपालिको वडा नम्बर ४ मा पनि मतपेटीका उठाउने क्रममा प्रहरीमाथि स्थानीयले ढुगांमुढा प्रहार गरेपछि हवाई फायर गरिएको थियो ।

बाजुराका प्रहरी प्रमुख सूर्यबहादुर थापाकाअनुसार बुढीगंगा नगरपालिका ४ थुमामा रहेको मतदान केन्द्रबाट मतपेटीका निर्वाचन अधिकृतको कार्यलय टाटेमा ल्याउने क्रममा स्थानीयले ढुगांमुढा प्रहार गरेका थिए ।

मतदानका क्रममा केही प्रहरी घाइतेसमेत भएका छन् । अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले जानकारी दिए । 

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एकसय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।

नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उमेदवार छन् । कांग्रेसका उमेदवार खातीलाई गठबन्धनको समर्थन छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  २१:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro