site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपमेयरसहित एमालेका जनप्रतिनिधिको विरोधकाबीच धनगढीको बजेट पारित
Tiktok banner adTiktok banner ad

धनगढी । उपमेयरसहित एमालेका कार्यपालिका सदस्यहरूको बहिस्कारकाबीच धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको छ । उमयेर कन्दकला रानासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिको विरोधबाबीच नगर प्रमुख गोपाल हमालले आगामी आर्थिक वर्षको बजेट बहुमतले पास भएको घोषणा गरेका हुन् ।

सोमबार बसेको आठौँ नगरसभाको तेस्रो बैठकमा उपप्रमुख रानासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्ना योजनाहरू नसमेटिएको भन्दै विरोध जनाएका थिए । विरोधपछि नगर सभा बैठक केहीबेर रोकिएर एक घण्टापछि सञ्चालनमा आएका थियो ।

उपमेयरसहित एमालेका जनप्रतिनिधिहरूको विरोधपछि बैठकमा केहीबेर चर्काचर्की भएपछि बैठक फेरि एक घण्टा अवरुद्ध भएको थियो ।

उपप्रमुख रानाले आफू योजना तर्जुमा संयोजक भएपनि जानकारी नभएको भन्दै बजेटमाथिको छलफल लम्ब्याउन अडान राखेकी थिइन् । नगर प्रमुख हमालले बजेट पास भएको घोषणा गरेपछि पनि उनले यो निर्णयमा आफ्नो कुनै सहमति नरहेको प्रतिक्रिया बाह्रखरीलाई दिइन् ।

मेयर र उपमेयरबीच बैठकमै चर्काचकी
धनगढी उपमहानगरपालिकाको आठौँ नगर सभाको तेस्रो बैठकमा नगर प्रमुख हमाल र उपप्रमुख रानाबीच चर्काचर्की भयो । उपप्रमुख रानाले उपमहानगरपालिकाको वार्षिक कार्यक्रम पुस्तिका विधि र प्रक्रिया विपरीत आएको भनेपछि उनीहरूबीच चर्काचर्की भएको वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले जानकारी दिए । 

"बजेट, योजना बनाउदा कसको अधिकार कति छ भन्ने स्पष्ट छ । नीति नगर प्रमुखले बनाउने कुरा हो त्यसमा मेरो विरोध भएन," उपप्रमुख रानाले भनिन्, "बजेटको संयोजक उपप्रमुख भएकाले मैले बनाउन पाउनुपर्ने हो ।"

आफूलाई संविधानले दिएको अधिकारबाटसमेत बञ्चित गरिएको उनको भनाइ छ । छलफल नै नगरेर बजेट बनाइएकाले आफूले विरोध गरेको उनले बताइन् ।  उनले आफू उपप्रमुख भएको भन्दै आफ्नो मात्र अपमान नभई समग्र महिलाको अपमान भएको बताइन् ।

धनगढी उपमहानगरले नगरसभाको बैठक प्रत्यक्ष प्रसनरणसमेत गर्ने गरेको छ । बैठकमा चर्काचर्की भएपछि प्रत्यक्ष प्रसारण पनि रोकिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  २१:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro